अशोक भट्टाचार्यले गरे सिलगढीको जलमग्न वार्डहरूको परिभ्रमण

सिलगढी : गत रातिदेखि लगातर परेको अत्याधिक वर्षाको कारण सिलगढी सहरको विभिन्न ठाउँ जलमग्न बन्न पुगेको छ। सिलगढी नगरनिगमको प्रशासक बोर्डका चेयरम्यान अशोक भट्टाचार्यले आज सिलगढीको जलमग्न वार्डहरूको परिभ्रमण गरे। यस अवसरमा तिनीसित सिलगढी नगरनिगमका अन्य अधिकारीहरू पनि उपस्थित थिए। प्रशासक अशोक भट्टाचार्यले आज बिहान सिलगढी नगरनिगमको 39 नम्बर वार्डस्थित हैदरपाडाको जलमग्न क्षेत्रहरूको परिभ्रमण गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले तीन दिनदेखि लगातार अत्यधिक वर्षाको कारण सडकमा पानी जमेको बताए। यसको साथै केही व्यवसायीहरूले ड्रेनमाथि स्ल्याब बनाएकोले जल निकासी व्यवस्था बन्द भएकोले गर्दा नै सडकमा पानी जमेको आरोप लगाए। सिलगढी सहरवासीलाई जल जम्ने समस्याबाट निजात दिलाउनको लागि आज नगरनिगमका अधिकारीहरूलाई साथमा लिएर प्रशासक भट्टाचार्यले यहाँको विभिन्न इलाकाको परिभ्रमण गरे। सिलगढी सहरवासीहरूले उक्त समस्याबाट चाँडै राहत पाउने तिनले आश्वासन दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *