अशोक भट्टाचार्य, शंकर मालाकारद्वारा सुभाष चन्द्र बोसलाई श्रद्धाञ्जलि अर्पण

सिलगढी : नेताजी सुभाष चन्द्र बोसको 125औँ जन्म जयन्तीको अवसरमा आज तिनलाई श्रद्धाञ्जलि अर्पण गर्नको लागि वामफ्रन्टका शीर्ष नेता तथा विधायक अशोक भट्टाचार्य र कांग्रेस नेता शंकर मालाकार एउटै मञ्चमा देखापरे। नेताजी जयन्तीलाई ध्यानमा राखेर सिलगढीको 16 नम्बर वार्डमा स्थित सुभाष चन्द्र बोसको सालिगलाई साफ-सफाई तथा नवीनीकरण गरिएको थियो भने आज उक्त सालिगमा अशोक भट्टाचार्य, शंकर मालाकार लगायत अन्य व्यक्तिहरूले माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा तिनीहरूबाहेक  एसजेडीएका भाइस चेयरम्यान नान्टु पाल, 16 नम्बर वार्ड को-अर्डिनेटर सुजय घटक लगायत स्थानीय मानिसहरूको पनि उपस्थिति रहेको थियो। नेताजी सुभाष चन्द्र बोसको जन्मदिन 23 जनवरीलाई देशभक्ति दिवसको रूपमा घोषणा गरिनुपर्ने केन्द्र सरकारसमक्ष तिनीहरूले माग पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *