आश्रमपाडा गणेश पुजा कमिटीको गणेश पुजाको गौतम देवद्वारा उद्घाटन

सिलगढी : सिलगढी नगरनिगमको 14 नम्बर वार्ड अन्तर्गत आश्रमपाडा गणेश पुजा कमिटीको गणेश पुजाको आज उद्घाटन गरियो। उक्त कमिटीको गणेश पुजा यस वर्ष सातौँ वर्षगाँठ हो। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले दीप प्रज्ज्वलन गरी रिबन काटेर गणेश पुजाको विधिवत् उद्घाटन गरे।


आश्रामपाडा गणेश पुजा कमिटीका सभापति राजु दासले बताएअनुसार प्रत्येक वर्ष आश्रमपाडा गणेश पुजा कमिटीले धुमधामको साथमा गणेश पुजाको आयोजना गर्दै आइरहे तापनि यस वर्ष कोरोना परिस्थितिले गर्दा सामान्य रूपमा पुजाको आयोजना गरिएको छ। यस अवसरमा रक्तदान शिविर, निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *