एशियन हाईवे-मा रोकेर राखेको लरीलाई पछिबाट अर्को लरीले दियो धक्का, एकजना चालकको मृत्यु

नक्सलबारी, 30 नोभेम्बर: एशियन हाईवे-मा ट्राफिक जाममा रोकेको एउटा लरीलाई पछाडीबाट आइरहेको अर्को लरीले जोडले धक्का दिँदा चालकको मृत्यु भएको छ। नक्सलबारीको एशियन हाईवे 2 स्थित रथखोला मोड क्षेत्रमा भएको उक्त घटना पछि इलाकामा सनसनी मच्चिएको छ। मृतकको नाम जितेन्द्र यादव हो, उनी बिहार निवासी थिए।
प्राप्त जानकारी अनुसार, खोरीबारीको पानीट्याङ्कीमा यान्त्रिक खराबीको कारण एउटा ट्रक रोकेर राखेको थियो, जसका कारण सडकमा गाडीहरूको लामो लाइन लाग्यो। यत्ति नै बेला ट्राफिक जाममा रोकेर राखेको एउटा लरीसित अर्को लरी ठोक्किँदा अगाडी रहेको लरीको चालक सडकमा खसेर लरीका चक्काले किच्चाए पछि तिनको मृत्यु भएको छ। घटनाको सूचना पाउने बित्तिकै नक्सलबारी पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पोस्टमार्टमका लागि पठाइदिएको छ। अत्यधिक निद्राको कारणले आज बिहान यो दुर्घटना भएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet giriş