एशियन हाईवे 2 –को केही स्थानहरूमा लाइटको व्यवस्था

नक्सलबारी: दार्जिलिङ रूरल ट्राफिक पुलिसको तर्फबाट एशियन हाईवे 2 –को केही स्थानहरूमा लाइटको व्यवस्था गरिएको छ। यसले गर्दा आउने-जाने सबैलाई धेरै सुविधा प्राप्त भएको बताइएको छ। यसबारे जानकारी दिँदै घोषपुखुर ट्राफिक पुलिस ओसी संजीव दत्ताले बताए अनुसार एशियन हाईवे-2 को केही स्थानहरूमा स्ट्रीट लाइट नभएकोले गर्दा यस मार्ग भएर आवत्-जावत् गर्नेहरूलाई धेरै असुविदा भइरहेको थियो। यसै असुविदालाई ध्यानमा नक्सलबारा रथखोलामा एउटा, पानीट्याङ्की सिमुलतलामा दुईवटा, लीचु कमानमा दुईवटा हेलोजिन लाइट लगाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *