एसियन हाईवेमा सडक दुर्घटनामा परेर अज्ञात व्यक्तिको मृत्यु

नक्सलबारी: नक्सलबारीको सातभैया एसियन हाईवेमा सडक दुर्घटनामा परेर अज्ञात व्यक्तिको मृत्यु भएको छ। क्षत-विक्षत अवस्थामा अज्ञात व्यक्तिको शव उद्धार भएको छ। एकाबिहानै सडक दुर्घटनामा परेर उक्त व्यक्तिको मृत्यु भएको हुनसक्ने अनुमान लगाएको छ। नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *