असिना पानीले तरबुजाको खेतीलाई नोक्सान गरेपछि कृषकहरू समस्यामा

जलपाईगढी : असिना पानी र हावा हुन्डरीले तरबुजाको खेतीलाई धेरै नोक्सान पुर्‍याएकोले गर्दा जलपाईगढी सदर ब्लकका कृषकहरू समस्यामा परेका छन्। प्राप्त जानकारीअनुसार जलपाईगढीको टिस्टा नदीको 4 नम्बरस्थित किनारमा रबीन चौधरी, गोपाल मण्डल र नेपाल विश्वासको सात बीघा जमीनमा तरबुजाको खेती गरिएको थियो। लगभग 40-50 हजार रुपियाँ खर्च गरेर तिनीहरूले पैसा कमाउने आशामा केही ढिलो गरेर तरबुजाको खेती गरेका थिए, तर असिना पानी र हावा हुन्डरीले उक्त तरबुजाको खेती नष्ट पारिदिएको बताइएको छ। एकजना कृषकले बताएअनुसार असिना पानी र हावा हुन्डरीले तरबुजाको खेती नष्ट पारिदिएकोले आफूहरूलाई धेरै नोक्सान भएको छ। आफूहरूसित नयाँ प्रकारले खेती गर्नको लागि रुपियाँ नभएकोले आफूहरू चिन्तामा परेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *