एएसआई राजीव पाल पक्राउ

मालदा : छिनताईको घटनामा संलग्न रहेको अभियोगमा मालदा इङ्ग्रेज बजार थानाका एकजना एएसआई-लाई पक्राउ गरेको छ। आरोपी एएसआई राजीव पाल इङ्ग्रेज बजार थानामा कार्यरत थिए। पुलिस सूत्रले दिएको जानकारीअनुसार पुरातन मालदा थाना इलाकामा भएको छिनताईको घटनामा एएसआई राजीव पाल संलग्न रहेको आरोप रहेको छ। पुरातान मालदा थाना पुलिसले आज बिहान तिनलाई घरबाटै पक्राउ गरेपछि मालदा जिल्ला अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *