अस्पतालबाट भागेका कोरोना संक्रमित वृद्धलाई समाजसेवीहरूले गरे उद्धार

जलपाईगढी : जलपाईगढी कोभिड अस्पतालबाट भागेका कोरोना संक्रमितलाई समाजसेवीहरूले उद्धार गरेपछि हाल तिनको स्वास्थ्य केन्द्रमा उपचार चलिरहेको छ। प्राप्त जानकारीअनुसार बेलाकोवा निवासी एकजना वृद्ध कोरोना संक्रमित भएपछि तिनलाई जलपाईगढी कोभिड अस्पतालमा भर्ना गरेको थियो। अस्पतालमा भोजनको राम्रो व्यवस्था नभएको साथै त्यहाँको परिस्थिति देखेर डरले अस्पतालबाट भागेको बताइएको छ। जलपाईगढीका दुईजना समाजसेवी त्यहीँ बाटो भएर गइरहेको वृद्धलाई देखेर सन्देह लागेर सोधखोज गर्नको साथै तिनीहरूले वृद्ध कोरोना संक्रमित हुनसक्ने अनुमान लगाएर उक्त वृद्धलाई उद्धार गरेर पान्डापाडाको एउटा स्वास्थ्य केन्द्र लगेपछि हाल त्यहाँ तिनको उपचार चलिरहेको छ। उक्त वृद्धलाई जिल्ला स्वास्थ्य विभागलाई सुम्पिदिने समाजसेवीहरूले बताए। यस विषयमा अस्पताल कर्तृपक्षसित जान्न चाहँदा उक्त घटनाको छानबीन गरेपछि मात्र यसबारे भन्न सकिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *