अस्पतालबाट चम्पट कसे कोरोना संक्रमित, परिवारद्वारा पुलिससमक्ष मददको गुहार

जलपाईगढी : जलपाईगढी कोभिड अस्पतालबाट एकजना कोरोना संक्रमित हराएपछि परिवारका सदस्यहरूले पुलिससमक्ष मददको लागि गुहार लगाएका छन्। प्राप्त जानकारीअनुसार गत 11 मईको दिन जलपाईगढी जिल्लाको चाल्साको पूर्व बाताबारी इलाका निवासी कोरोना संक्रमितलाई जलपाईगढी विश्वबङ्ग्ला कोभिड अस्पतालमा भर्ना गरिएको थियो। आज बिहान परिवारका सदस्यहरूले तिनीलाई फोन गरे तापनि तिनले फोन नउठाएपछि तिनीहरू जलपाईगढी कोभिड अस्पतालमा आएपछि कोरोना संक्रमित रोगी अस्पतालबाट निखोज भएकोबारे थाहा पाए। अस्पतालमा तिनको मोबाइल मात्र फेला पारेको बताइएको छ। यसपछि परिवारका सदस्यहरूले जिल्ला मुख्य स्वास्थ्य अधिकारीसित भेट गरेर यसबारे जानकारी गराए। यसको साथै परिवारका सदस्यहरूले कोभिड अस्पतालबाट कोरोना संक्रमित निखोज भएकोबारे पुलिसलाई जानकारी गराउँदै सहयोगको गुहार लगाए। यस विषयमा जलपाईगढी सदर अस्पतालका सुपर गयाराम नस्करले बताएअनुसार आज बिहान अस्पतालका कर्मचारीहरूले उक्त कोरोना संक्रमित आफ्नो बेडमा नरहेको देखेपछि यसबारे पुलिसलाई जानकारी गराएको साथै पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *