अस्पतालबाट कोभिड संक्रमित भएर मर्ने वृद्धाको शव हराएको आरोप

जलपाईगढी : जलपाईगढी विश्वबाङ्ग्ला कोभिड अस्पतालबाट मृतदेह हराएको घटना प्रकाशमा आएको छ। यसको साथै कोरोना संक्रमितहरूलाई उचित चिकित्सा परिसेवा प्रदान गर्ने नाममा 26 हजार 5 सय रुपियाँ लिइरहेको मृतकको परिवारका सदस्यहरूले आरोप लगाएका छन्। न्यायको माग गर्दै मृतकको परिवारका सदस्यहरूले प्रशासनलाई गुहार लगाएका छन्। मृतक वृद्धा  महिला माल बजारको साउथ कोलनी निवासी 78 वर्षीय सुमित्रा दास हुन्। यस विषयमा जलपाईगढी जिल्ला मुख्य स्वास्थ्य अधिकारी डा. रमेन्द्रनाथ प्रामाणिकले बताएअनुसार यदि यस प्रकारको कुनै अभियोग पाएको खण्डमा त्यसको उचित जाँच गरेर दोषीहरूलाई कानुनी कार्वाही गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *