अस्पतालमा नै दुई छात्राले दिए उच्च माध्यमिक परीक्षा

सिलगढी : दिशा शाह अनि यमुना तामाङ नाम गरेका दुईजना विद्यार्थीले बुधबार सिलगढी अस्पतालको बेडबाट नै उच्च माध्यमिक परीक्षा दिए। प्राप्त जानकारी अनुसार ती दुवैजना परीक्षार्थी कृष्णमाया मेमोरियल नेपाली हाई स्कूलका छात्रा रहेको बताइएको छ। आज बिहान परीक्षा केन्द्र जाँदै गरेको समय बाटोमा नै तिनीहरू बिमार भएको बताइएको छ। यसपछि तिनीहरूलाई अस्पताल लगिएपछि त्यहाँबाट नै तिनीहरूले आजको परीक्षा दिए। अर्कोतिर, अस्पताल सूत्रले बताए अनुसार हाल तिनीहरू दुवैको अवस्था स्थिर रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *