अस्पतालमा रोगीहरूलाई खाद्य सामग्री वितरण

खोरीबारी : तृणमूल कांग्रेस कार्यकर्ताहरूले प्रतिष्ठा दिवसको अवसरमा आज खोरीबारी रूरल अस्पतालमा रोगीहरूलाई खाद्य सामग्री वितरण गरे। खोरीबारी प्रखण्डका तृणमूल युवा अध्यक्ष किशोरी मोहन सिंहले प्रतिष्ठा दिवसको अवसरमा खोरीबारी अस्पतालमा रोगीहरूलाई खाद्य सामग्री वितरण गरेको बताए। यस अवसरमा खोरीबारी तृणमूल खण्ड सभापति हीरण्मय राय, किसान खेत मजदुर तृणमूल कांग्रेसको खण्ड सभापति सत्य कुमार सिंह, परिमल सिंहलगायत महिला नेत्री एवम् कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *