असम-बङ्ग्लादेश सिमानाबाट गाँजासहित 2 जना पक्राउ

अलिपुरद्वार : असम-बङ्ग्लादेश सिमानाबाट तस्करी गर्न अगावै 150 केजी अवैध गाँजासहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा क्रमैले दीपक कुमार र लभकुश कुमारको रूपमा चिन्हित गरिएको छ।


आज दिउँसो अलिपुरद्वारको बारोबिसा नाका चेकिङ पोइन्टमा बारोबिसा आउट पोस्ट पुलिसले एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 150 केजी गाँजा उद्धार गर्नको साथै ट्रक चालक र खलासीलाई पनि पक्राउ गरेको छ। जफत गरेको गाँजाको अनुमानित बजार मूल्य 18 लाख रुपियाँ रहेको छ भने उक्त गाँजा असमको गुवाहाटीदेखि बिहारतर्फ लगिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *