असम-बङ्ग्ला सिमानाबाट धेरै मात्रामा अवैध सिगरेटसहित दुईजना पक्राउ

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको असम-बङ्ग्ला सिमानाको पाकरीगढी इलाकामा तस्करी गर्न अगावै धेरै मात्रामा अवैध सिगरेटसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार असमबाट बङ्गालमा सिगरेट प्रचार गरिरहेको गोप्य सुइँको पाएपछि अलिपुरद्वारको बारबिसा आउटपोस्ट पुलिसले अलिपुरद्वार जिल्लाको असम बङ्ग्ला सिमानाको पाकरीगढी इलाकामा अभियान चलाएर एउटा ट्रकलाई रोकेर छानबीन गर्दा ट्रकको गोप्य चेम्बरबाट धेरै मात्रा अवैध सिगरेट उद्धार गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *