असम-बङ्ग्ला सिमानाबाट धेरै मात्रामा अवैध रम-रक्सीसहित 3 पक्राउ

अलिपुरद्वार : असम-बङ्ग्ला सिमानामा रुटिन चेकिङ अवधि हिजो अबेर राति कुमारग्राम थानाको बारोबिसा आउटपोस्ट पुलिसले एउटा पिकअप भ्यान रोकेर छानबीन गर्दा धेरै मात्रामा अवैध रम-रक्सी उद्धार गरेको छ। पुलिसले घटनामा 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गाई-गोरूको चारोको आडमा धेरै मात्रामा अवैध रम-रक्सी लुकाएर लगिरहेको थियो। उक्त अवैध रम-रक्सी असमको बरपेटाबाट अलिपुरद्वारतर्फ लगिरहेको सोधखोज अवधि तिनीहरूले बताए। जफत गरेको अवैध रम-रक्सीको अनुमानित बजार मूल्य साढे 3 लाख रुपियाँ रहेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *