असम-बङ्गाल सीमाबाट मूल्यवान काठ जफत, चालक हिरासतमा

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको असम-बङ्गाल सीमान्तमा बारोबिसा आउटपोस्ट पुलिसले एउटा काठ बोकेको पिकअप भ्यानसहित चालकलाई हिरासतमा लिएको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा बारोबिसा आउटपोस्ट पुलिसले बारोबिसा चेक पोस्ट इलाकामा अभियान चलाएर मूल्यवान काठ उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार असमबाट काठ बोकेर एउटा पिकअप भ्यान बङ्गालमा प्रवेश गरिरहेको समय वाहनको वैध कागजपत्र नभएकोले पुलिसले वाहनसहित चालकलाई हिरासतमा लिएर घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *