असमबाट बङ्गालमा आग्नेयास्त्र तस्करी गर्ने योजना विफल,  2 जना पक्राउ

सिलगढी : एसओजीले असमबाट बङ्गालमा पिस्तोल तस्करी गर्ने योजनालाई विफल गरिदिएको छ। घटनामा देशी पिस्तोल, दुई राउण्ड कार्तुस सहित 2 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा जाहिरूल इस्लाम (25) र प्रकाश साहा (22) सामेल छन्। गोप्य सूचनाको आधारमा एसओजी र न्यु जलपाईगढी थाना पुलिसले गत अबेर राति फुलबारी टोल गेट संलग्न इलाकामा अभियान चलाएर एउटा वाहनलाई रोकेर छानबीन गर्दा देशी पिस्तोल, 2 राउण्ड कार्तुस उद्धार गर्नको साथै 2 जना युवकलाई पक्राउ गरेको बताइएको छ।


पक्रा परेका 2 जना युवकलाई सोधखोज गर्दा उक्त पिस्तोल असमबाट बङ्गालमा तस्करी गर्ने उद्देश्यले ल्याएको बताए। पक्रा परेका 2 युवकलाई आज जलपाईगढी अदालतमा पेश गरेपछि 7 दिनको पुलिस हिरासतमा लिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *