असमबाट पक्रा परेका प्रसनजीत रायलाई ल्याइयो सिलगढी

सिलगढी : एनजेपी ड्राई पोर्टमा भएको तोड़फोड़ घटनाका मुख्य आरोपी  प्रसनजित राय असमबाट पक्रा परेपछि आज दिउँसो तिनलाई विमानमार्फत् सिलगढी ल्याइपुर्‍याइयो। तिनलाई भोलि जलपाईगढी अदालतमा पेश गरिने भएको छ। स्मरण रहोस्, एनजेपी ड्राई पोर्टमा भएको तोड़फोड़ घटनामा तृणमूल श्रमिक संगठनका नेता प्रसनजीत राय र तिनका समर्थकहरू सामेल रहेको आरोप उठेको छ। उक्त घटनाको आरोपमा पुलिसले केही व्यक्तिहरूलाई अगावै पक्राउ गरिसकेको छ भने घटनाको मुख्य आरोपी प्रसनजीत केही दिनसम्म निखोज थिए। एनजेपी पुलिस लगायत सिलगढी पुलिस कमिशनरेटको तर्फबाट प्रसनजीत रायको खोजी जारी रहेको थियो भने हिजो अचानक असमबाट तिनलाई पक्राउ गरेपछि सिलगढी पुलिस कमिश्नरेटको एउटा टीम असम पुगेर आज तिनलाई सिलगढी ल्याइपुर्‍याइएको छ। बाघडुग्रा हवाईअड्डा परिसरमा पक्रा परेका आरोपी प्रसनजीतसित पार्टीबाट निष्कासन गरेकोबारे जान्न चाहँदा तिनले भने, उक्त इलाका मेरो इलाका हो, एनजेपीको ड्राई पोर्टमा गत केही दिनअघि भएको तोड़फोड़को घटनापछि नै मलाई तृणमूल पार्टीबाट निष्कासित गरिदिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *