असमदेखि शुरू भएको साइकल र्‍याली आइपुग्यो रानीडाङ्गा

सिलगढी : स्वाधीनताको 75औँ वर्षगाँठको अवसरमा असमको तेजपुरदेखि शुरू गरिएको साइकल र्‍याली आज रानीडाङ्गा एसएसबी क्याम्प आइपुग्यो। आजादी का अमृत महोत्सवको अवसरमा आयोजित उक्त साइकल र्‍याली आगामी 1 अक्टोबरमा दिल्ली पुग्नेछ। एसएसबी सूत्रले दिएको जानकारी अनुसार असमको तेजपुरबाट शुरू गरिएको उक्त साइकल र्‍याली आज एसएसबी रानीडाङ्गा क्याम्पमा आइपुगेको छ भने भोलि बिहान 5 बजी यहाँबाट दिल्लीको लागि प्रस्थान गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *