अठारोखाई अञ्चल तृणमूल कङ्ग्रेसद्वारा रक्तदान शिविरको आयोजना

सिलगढी : डा. विधानचन्द्र रायको जन्म जयन्ती तथा मृत्यु वार्षिकीको अवसरमा आज अठारोखाई अञ्चल तृणमूल कङ्ग्रेसको तर्फबाट शिवमन्दिरको बीएड कलेजमा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा सिलगढी नगरनिगमको प्रशासनिक बोर्डका चेयरम्यान गौतम देव, मतिकढा-नक्सलबारी विधानसभा केन्द्रको तृणमूल कङ्ग्रेसका सांगठनिक चेयरम्यान प्रबीर राय, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस को-अर्डिनेटर विकास सरकार, अठारोकाई अञ्चल तृणमूल कङ्ग्रेस सभापति सुजीत दास, ब्लक सभापति अभिजीत पाल, दुर्लभ चक्रवर्ती लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *