अठारोखाई अञ्चल तृणमूलद्वारा मतिगढाका बीडीओलाई ज्ञापन

सिलगढी : विभिन्न मागलाई लिएर अठारोखाई अञ्चल तृणमूल कङ्ग्रेसले आज मतिगढाका बीडीओ श्रीवास विश्वाससित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। उक्त ज्ञापन पत्रमा सरकारी जमीन दखल, शिवमन्दिरको लेलिनपुर सडकको बेहाल अवस्था, पक्का सडकको निर्माण लगायत विविध माग उल्लेख गरिएको छ। यदि प्रशासनले यसबारे उचित पहल नगरेको खण्डमा आगामी दिनमा वृहत आन्दोलन गर्ने अठारोखाई अञ्चल तृणमूल कङ्ग्रेसका अध्यक्ष सुजीत दासले चेताउनी दिएका छन्। अर्कोतिर, तिनीहरूको मागलाई गम्भीरताको साथमा लिइने मतिगढाका बीडीओ श्रीवासले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *