मतिगढा : अठारोखाई ग्राम पञ्चायत कार्यालयमा चोरी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारी अनुसार केही दुष्कृतिहरूले अठारोखाई ग्राम पञ्चायत कार्यालयको झ्यालको ग्रिल काटेर कार्यालयभित्र प्रवेश गरेर त्यहाँ रहेको सबै आलमारी तथा लकरहरू भत्काएर सर समानहरू छरपस्ट पारिदिएको बताइएको छ। त्यहाँ रहेको महत्वपूर्ण, हार्डडिक्स तथा एउटा ल्यापटप चोरी भएको थाहा लागेको छ। घटनाबारे मतिगढा थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको बताइएको छ। यस सम्बन्धमा मतिगढाका बीडीओ श्रीवास विश्वासले बताएअनुसार सीसीटीभी क्यामाराको दिशा परिवर्तन गरे तापनि तीमध्ये एकजना दुष्कृतिको फोटो क्यामारा कैद भएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको तिनले बताए।