आठारोखाई ग्राम पञ्चायत: युथिका खासनविश बनिन् पञ्चायत प्रधान

सिलगढी : सिलगढी महकुमा परिषदको 22 वटा ग्राम पञ्चायतको बोर्ड गठन प्रक्रिया शुरू भएको छ। यसै क्रममा शिव मन्दिरको आठारोखाई ग्राम पञ्चायतको बोर्ड गठन गरियो। आठारोखाई ग्राम पञ्चायतको मोठ 30 वटा आसनमध्ये तृणमूल कङ्ग्रेस 19, भाजपा 7, कङ्ग्रेस  2, सीपीएम 1 र  निर्दलीय पार्टीले 1 आसन दखल गरेको छ। आज तृणमूल कङ्ग्रेसकी युथिका (राय) खासनविशलाई सर्वसम्मतिले प्रधान र मिन्टु दासलाई उप प्रधानको रूपमा चयन गरेको छ। कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो। यस अवधि दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसकी सभानेत्री पापिया घोष पनि उपस्थित थिइन्। तिनले भनिन्, पार्टीद्वारा प्रस्तावित नामलाई सर्वसम्मतिले प्रधान चयन गरिएको हो। पार्टी विरोधी कार्य गर्नेहरूविरुद्ध पार्टीले कार्वाही गर्नेछ। आगामी दिनमा सबै मिलेर इलाकाको विकासको लागि काम गर्ने तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *