एथेलबारीमा निःशुल्क आँखा जाँच शिविर

अलिपुरद्वार : फालाकाटा ब्लकको धनिरामपुर 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत पर्ने एथेलबारी चियाकमानस्थित अस्पताल प्राङ्गणमा आज निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। अलिपुरद्वार जिल्ला पुलिस र फालाकाटा थानाको पहलमा उक्त शिविरको आयोजना गरिएको हो। आज शिविरमा आँखा जाँच गर्नको साथै रोगीहरूलाई निःशुल्क औषधी र चश्मा पनि वितरण गरियो। उक्त शिविरमा फालाकाटा पञ्चायत समितिका सभापति सुरेश लाला, फालाकाटा थानाका आईसी देवदत्त ब्यानर्जीलगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *