एथलेटिक मिट 14 दिसम्बरदेखि खरसाङको मन्टिभियट मैदानमा सुरू हुने

खरसाङ : खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको कार्यालयमा उप सभापति फुर्बा घिसिङको अध्यक्षतामा आज सम्पन्न सभामा संघको पदाधिकारीहरू विशेष रुपमा उपस्थित थिए। सभामा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा आगामी दिनमा हुने विभिन्न खेलकुद कार्यक्रमहरू विषयमा चर्चा-परिचर्चा गरियो। संघको आयोजनामा आगामी 15 दिसम्बरदेखि हुने खेलाउने भनिएको ईन्टर अफिस फुटबल लीग मैदान खाली नभएकोले केही दिनको लागि स्थगित गरिने सभाले निर्णय लिएको छ। संघको पूर्व घोषित कार्यक्रम अन्तर्गत एथलेटिक मिट आगामी 14 दिसम्बरदेखि खरसाङको मन्टिभियट खेल मैदानमा आयोजना हुने र यसमा जम्मा 9 वटा विभिन्न प्रकारको खेलहरू समावेश गरिने भएको छ। उक्त खेलहरूमा नानीहरूको लागि विभिन्न क्याटोगरी बनाइएको छ। उक्त एथलेटिक मिट्मा विभिन्न खेलहरू लगायत मनोरञ्जनका खेलहरू पनि आयोजना गरिने भएको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको उप सभापति फुर्बा घिसिङले जानकारी गराए अनुसार नानीहरूले 50 रुपियाँ तिरेर पञ्जीकरण गरेपछि तीनवटासम्म खेलहरूमा सहभागिता जनाउन सक्ने र अन्य ओपन क्याटोगरीमा कम मूल्यमा पञ्जीकरण गरी खेलहरूमा सहभागिता जनाउन सक्ने बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *