ऐतिहासिक तथ्य बोकेको स्थान गरसिंगे अनि हात्ती बाँध्ने ढुङ्गा

बिजनबारी: दार्जिलिङको कतिपय स्थानहरुमा नेपाल-भारतका ऐतिहासिक बस्तुहरु रहेको पाइन्छ। यस्तै एक किम्बदन्ती रहेको स्थान हो दार्जिलिङ पुलबजार खण्ड अधिनस्थ कैजले ग्राम पञ्चायतको सिक्किम सिमानामा रहेको स्थान हो गरसिंगे तथा यहाँस्थित हात्ती बाँध्ने ढुङ्गा। यस ढुङ्गालाई ऐतिहासिक ढुङ्गाको रूपमा चिनिने गरिन्छ। उक्त ढुङ्गामा नेपाल तथा सिक्किम युद्धको समयमा नेपाली सैनिकहरुले हात्ती बाँधेको जनविश्वास रहेको छ। लगभग 6 फिट ऊचाईमा रहेको उक्त ढुंगा कहाँबाट ल्याइएको हो तथा कसरी त्यस स्थानमा स्थापित गरियो, त्यसबारेमा कुनै पनि ठोस प्रमाण नरहेको भए तापनि त्यसताक नेपाल सैनिकहरुले सिक्किमलाई आक्रमण गर्ने क्रममा त्यस स्थानमा एक रात विश्राम गरेको तथा त्यहीँ हात्तीहरू बाँधिएको स्थानीय मानिसहरूको भनाई रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *