अतिक्रमण हटाउन सिलगढी नगर निगमको कठोर पहल

सिलगढी: सिलगढी नगरनिगमका अधिकारीहरूले आज सिलगढीको बाघाजतिन पार्क नजिक सडकमा गरिएको अतिक्रमणलाई हटाउन एउटा अभियान चलाए।अबदेखि सहरको कुनै पनि ठाउँमा अतिक्रमण गरेको ताहा पाए तत्कालै नगर निगमको तर्फबाट वाहन लिएर घटना स्थलमा आइपुग्ने भएको छ। यसको साथै आरोपीहरूलाई जरिमाना पनि लगाइने छ।


सहरमा ट्राफिक समस्या तथा भीडभाड कम गर्नको लागि नगर निगमले उक्त पहल चालेको बताइएको छ। यस अभियान अवधि नगर निगमको प्रशासक मन्डली सदस्य रञ्जन सरकार, मानिक दे उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *