अत्याधिक वर्षाले गर्दा अनियन्त्रित भएर पल्टियो मालवाहक ट्रक

राजगञ्ज : सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको गन्डार मोड़ इलाकामा अत्याधिक वर्षाले गर्दा एउटा माल वाहक ट्रक अनियन्त्रित भएर पल्टिँदा चालक अनि खलासी घाइते भएका छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार एउटा मालवाहक ट्रक जलपाईगढीतर्फ गइरहेको समय अनियन्त्रित भएर डिभाइडरसित ठोक्किएर ट्रक पल्टिँदा चालक अनि खलासीलाई सामान्य चोट लागेको बताइएको छ। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर उक्त ट्रकलाई आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *