अटो मेक्सी क्याब संगठनद्वारा तीन चक्के पेट्रोल एलपीजी वाहनको माग

सिलगढी : सिलगढी डाबग्राम फूलबारी सिटी अटो मेक्सी क्याब ओनर्स वेलफेयर एसोसिएशनले तीन चक्केको साटो तीन चक्का भएको एलपीजी वाहनको माग गरेको छ। 2018-मा राज्य सरकारले डीजेलबाट चल्ने अटोको बद्ली एलपीजी अटो दिने निर्णय लिएको थियो। पश्चिम बङ्गाल अटो पोलिसी अनुसार तीन चक्काको साटो तीन चक्काको डीजलले चल्ने वाहन दिन नसक्ने अनि पेट्रोल एलपीजी सञ्चालित वाहन दिन सकिने बताइएको छ। यस सम्बन्धमा संगठनका सदस्यहरूले सर्किट बेञ्चलाई गुहार मागेका थिए। यस अवधि सर्किट बेञ्चले तीन चक्काको बद्लीमा तीन चक्के वाहन चलाउन सक्ने आदेश दिए तापनि सड़कमा डीजलद्वारा चल्ने चार चक्के वाहनहरू देखिने गरिन्छ। संगठनका सचिव शिवराज चौधरीले मन्त्री गौतम देवसँग कुराकानी गर्दा जुन निर्णय लिएको छ त्यही नै सही हो भनी बताए। अर्कोतिर, आरटीओ-ले पनि यस मामिलामा सहयोग नपुऱ्याएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *