अटो र वाहन ठोक्किँदा चालकसहित 3 जना घाइते

सिलगढी बाघडुग्राको बिहार मोड़मा आज एउटा अटो  अनियन्त्रित भएर वाहनसित ठोक्किँदा अटोमा सवार 2 जना यात्रीसहित चालक घाइते भएका छन्। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर प्राथमिक उपचारको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा लगिएको छ। प्राप्त जानकारी अनुसार बागराकोर्ट मोड़बाट एउटा अटो यात्री लिएर बिहार मोड़तर्फ गइरहेको समय अचानक एउटा टाटा सुमो अघि आउँदा अटो अनियन्त्रित भएर उक्त वाहनसित ठोक्किँदा अटोमा सवार 2 जना यात्रीसहित चालक घाइते भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *