अवैध विदेशी रम सहित सालुगढाबाट एकजना पक्राउ

सिलगढी: सिलगढीको भक्ति नगर थानाको पुलिसले गोप्य सूचनाको आधारमा गत राति सादा पोशाकमा सालुगढाको एउटा रेस्तुराँमा अभियान चलाएर 36 बोतल अवैध विदेशी रम सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्ति नगर निगमको 42 नम्बर वार्ड सालुगढा निवासी ज्ञानबहादुर प्रधान (61) को रूपमा चिन्हित गरिएको छ। पक्रा परेका आरोपीलाई आज जलपाइगढी अदालतमा पेश गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *