अवैध कफ सिरप सहित भाजपा युवा नेता पक्राउ

सिलगढी (निसं): अवैध कफ सिरप सहित पुलिसले सुमन बर्मनलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी नक्सलबारी मण्डल भाजपा युवा मोर्चाका अध्यक्ष रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति बंगाल-बिहार सीमाको चक्करमारी इलाकाबाट पुलिसले युवा नेता सुमन बर्मनलाई हिरासतमा लिएर छानबिन गर्दा तिनीबाट 25 बोतल अवैध कफ सिरप उद्धार गरेको छ। यसपछि पुलिसले तिनलाई पक्राउ गरेको छ। आज पक्रा परेका आरोपी सुमन बर्मनलाई सिलगढी महकुमा अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको बताएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *