अवैध रूपमा नेपाल लगिरहेको लुगाफाटा जफत, एकजना पक्राउ

खोरीबारी: गोप्य सूचनाको आधारमा एसएसबीको 41 औ बटालियन अन्तर्गत रामधनजोत कम्पनी क्याम्पका जवानहरूले अवैध रूपमा नेपाल लगिरहेका धेरै मात्रामा लुगाफाटा जफत गरेको छ। यसको साथै एकजना व्याक्तिलाई पक्राउ पनि गरेको छ।


 जफत गरेको लुगा-फाटाको अनुमानित मूल्य एक लाख 80 हजार रूपियाँ रहेको छ। पक्रा परेका व्यक्ति अनि जफत गरिएको लुगा-फाटा पानीट्याङ्की कस्टम विभागलाई सुम्पिदिएको बताइएको छ।

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *