अव्वल दर्जामा उतीर्ण गर्ने विद्यार्थीहरूलाई संवर्द्धना

मङ्पू: दार्जिलिङ पुलिसद्वारा माध्यमिक, उच्च माध्यमिक र आईसीएसई परीक्षामा अव्वल दर्जामा उतीर्ण हुने विद्यार्थीहरूलाई आज एउटा कार्यक्रमबीच संवर्द्धना जनाइयो। दार्जिलिङ पुलिस सुपर डा. सन्तोष निम्बलकरको बाहुलीबाट आज जिल्ला भरिमा उत्कृष्ट अङ्क लिएर अव्वल दर्जामा उतीर्ण भएका विद्यार्थीहरूलाई संवर्द्धना जनाइयो।


यता, मङपु थाना प्रभारी बिजय थामीको पहलमा पनि मङपूको रङबी ज्ञानपीठ विद्यालयका छात्र विशाल राई, सरस्वती विद्यालयका छात्र काश्यप गुरुङ, सन्तमंगल एकाडेमीका दुर्गाश्री किरोडिवाल र नम्रता छेत्रीलाई दार्जिलिङ पुलिसले सम्मान जनायो। उक्त संवर्द्धना कार्यक्रममा प्रमुख अतिथिका रूपमा देवेन्द्र प्रकाश सिंह, इन्स्पेक्टर जेनरल उत्तर बङ्गाल, श्रीमती सङमित लेप्चा, डेपुटी इन्स्पेक्टर जेनलर दार्जिलिङ रेञ्ज लगायत दार्जिलिङ जिल्लाका शीर्ष पुलिस अधिकारीहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *