अभिषेक बन्दोपाध्यायको वाहनमाथि हमला गरेको घटनाको प्रतिवादमा अलिपुरद्वारमा युवा तृणमूलद्वारा विक्षोभ

अलिपुरद्वार : तृणमूल कङ्ग्रेस अखिल भारतीय महासचिव अभिषेक बन्दोपाध्याय आज बिहान त्रिपुराको त्रिपुरारी मन्दिरमा पुजा गर्न गएको समय तिनको वाहनमाथि हमला गरेको घटनाको प्रतिवाद जनाउँदै युवा तृणमूल कङ्ग्रेसका सदस्यहरूले अलिपुरद्वारमा विक्षोभ प्रदर्शन गरे। प्राप्त जानकारीअनुसार आज बिहान अभिषेक ब्यानर्जीको वाहनमाथि हमला गरेको घटनाको विरोध जनाउँदै अलिपुरद्वार युवा तृणमूलका सदस्यहरूले आज अलिपुरद्वार कलेज हल्ट इलाकाको सडकमा टायर जलाएर विक्षोभ प्रदर्शन गरे। युवा तृणमूलका अध्यक्ष बाबलु कर लगायत अन्य कार्यकर्ता तथा समर्थकहरूले त्रिपुराका मुख्यमन्त्री विप्लव कुमार देव र प्रधानमन्त्री नरेन्द्र मोदीले पदत्याग गर्नुपर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *