अवैध सैगुनको लट्ठासहित वाहन जफत

वीरपाडा : दलगाउँ रेञ्ज वनकर्मीहरूले दलगाउँ रेञ्ज, दलमोर बिट क्षेत्र पगली खोला दलमोरमा हिजो राति 8 वटा सैगुनको लट्ठा लगभग 50 सीएफटी सहित एउटा म्याजिक सुप्रो भ्यान जफत गरेको छ।


दलगाउँ रेञ्जका रेञ्ज अधिकारी दोर्जी शेर्पाले बताएअनुसार तस्करीहरूले उक्त सैगुनको लट्ठा घाँसले भरिएको बोराहरूले ढाकेर लगिरहेको थियो। जफत गरेको  काठको अनुमानित बजार मूल्य 1 लाख 70 हजार रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *