अवैध बलुवा-ढुङ्गा लादिएको 9 वटा ट्रक जफत

सिलगढी : अवैध रूपमा बलुवा-ढुङ्गा लादिएको 9 वटा ट्रकलाई भक्तिनगर थाना पुलिसले जफत गरेको छ। प्राप्त जानकारीअनुसार भक्तिनगर थाना पुलिसले हिजो सोमबार साँझदेखि रातिसम्म अभियान चलाएर अवैध रूपमा बलुवा-ढुङ्गा लादेको 9 वटा ट्रक जफत गरेको बताइएको छ। अवैध रूपमा बलुवा-ढुङ्गा बोक्ने वाहनहरूविरुद्ध यस प्रकारको अभियान लगातार चलाइरहने पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *