अवैध बालुवा बोकेको ट्रकसहित चालक पक्राउ

सिलगढी : एनजेपी पुलिसले अवैध बालुवा लादेको एउटा ट्रकलाई जफत गर्नको साथै ट्रक चालक तापस रायलाई पनि पक्राउ गरेको छ।  प्राप्त जानकारीअनुसार जलपाईगुढी जिल्लाको साहु नदीबाट बालुवा बोकेर अन्य ठाउँमा लगिरहेको पुलिसले खबर पाएपछि पुटिमारी इलाकामा अभियान चलाएर एउटा बालुवा लादेको ट्रक जफत गर्नको साथै ट्रक चालकलाई पनि पक्राउ गरेको बताइएको छ। उल्लेखनीय छ, धेरै समय अघिदेखि बालुवा माफियाहरूविरुद्ध महानन्दा, बालासन, जलपाईगुढी जिल्लाको करतोया र साहू नदी लगायत केही अन्य नदीहरूबाट अवैध रूपमा बालुवा लगिरहेको आरोप उठिरहेको छ। उक्त नदीहरूबाट बालुवा निकालेकोले गर्दा नदीका गतिपथ बद्लिँदा यसको छेउछाउमा बस्ने मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। एनजेपी पुलिसले यसविरुद्ध लगातार अभियान चलाए तापनि अवैध रूपमा बालुवा खनन रोकिएको छैन। हिजो साँझ पुलिसले फेरि अभियान चलाएर अवैध बालुवा लादेको ट्रक जफत गरेको बताइएको छ। आज आरोपी ट्रक चालकलाई जलपाईगुढी अदालतमा पेश गरियो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabetGrandpashabetvdcasinopusulabet girişVDCasinocasibom casibom holiganbetteosbetbetgitbetgitromabetgameofbetcasinowonsonbahiscashwingrandpashabetgrandpashabet girişbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetgrandpashabetholiganbetvdcasinosahabetmatadorbet1wingrandpashabetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişgrandpashabetazhar-itay.com grandpashabetpusulabet girişkazandramatbetholiganbetmatbet girişjojobet güncel giriştipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetplay girişcasinowon girişgrandpashabetbetbeysonbahis girişcashwin girişcasinowonsonbahisgrandpashabetgrandpashabet resmi girişcashwincashwingrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişgrandpashabetcasibomgrandpashabetcasibomcasibom Built with ❤︎ by appycodes