अवैध कल सेन्टरमा पुलिसको छापामार अभियान, 4 जना हिरासतमा

सिलगढी : सिलगढी मेट्रोपोलिटनको भक्ति नगर थाना अन्तर्गत डायमन्ड प्लाजा बिल्डिङको तेस्रो तल्लामा रहेको एउटा अवैध कल सेन्टरमा पुलिसले छापामार अभियान चलायो। उक्त कल सेन्टरमार्फत् विदेशका मानिसहरूलाई फोन गरेर लोन दिने नाममा ठग्ने गरेको पुलिसले आरोप पाएपछि भक्ति नगर थानाका आईसी अमरेश सिंहको नेतृत्वमा उक्त सेन्टरमा छापामार अभियान चलाएको बताइएको छ। छापामार अभियान अवधि उक्त कल सेन्टरबाट धेरैवटा कम्प्युटर, हार्ड डिक्स, सीपीयु र केही मोबाइल उद्धार गरेको छ।


यसको साथै पुलिसले कल सेन्टर प्रबन्धनका चारजना क्रमैले सुमन प्रभेस (30), जसपाल सिंह (27), नाजिम मोहम्मद खान (23) र सोनम ग्यात्सो भुटिया (38)-लाई हिरासतमा लिएको छ भने लगभग 35 जना कर्मचारीलाई सोधखोजको लागि थानामा लगेको थियो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *