अवैध कल सेन्टर मामिलामा एकाधिक तथ्य उजागार, डीडी-द्वारा जाँच जारी

सिलगढी : सिलगढीमा समाचार प्रकाशित गर्ने फेसबुक पेजको अफिसको नाममा अवैध कल सेन्टर चलाएको मामिलामा पक्रा परेका कल सेन्टरका मालिक गौरव सक्सेना र म्यानेजर आशीष चौरासियालाई आज फेरि अदालतमा पेश गरियो। स्मरण रहोस्, गत 16 जुलाईमा कल सेन्टरका मालिक गौरव सक्सेना, म्यानेजर आशीष चौरासिया सहित अन्य 27 जनालाई आज अदालतमा पेश गरेपछि जाँचको लागि मालिक र म्यानेजरलाई 2 दिनको जेल हिरासतमा राख्ने निर्देश दिएको छ। पक्रा परेका आरोपीहरूसित सोधखोज गर्दा केही तथ्य बाहिर आएको छ। ज्योतिषीको नाममा गौरव सक्सेनाले लाइसेन्स बिनै कल सेन्टर चलाइरहेका थिए। मानिसहरूको अतीत बताएर भविष्य अझ कसरी राम्रो बनाउने उपाय दिँदै तिनले निक्कै रुपियाँ लिइने गरेको बताइएको छ। दीर्घदिनदेखि तिनले उक्त व्यवसाय चलाइरहेका थिए। डीडी-ले घटनास्थलबाट इलेक्ट्रनिक डिभाइस पनि उद्धार गरेको छ भने हाल जाँच जारी रहेको छ। यसको साथै रेजिस्ट्ररमा धेरैजना मानिसहरूको फोन नम्बर पनि भेट्टाइएको छ। डिटेक्टिभ डिपार्टमेन्टले गहनताको साथमा मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.