अवैध कफ सिरप, नशालु ट्याबलेटसहित 2 पक्राउ

कुचबिहार : गोप्य सूचनाको आधारमा पुन्डीबारी थाना पुलिसले अभियान चलाएर अवैध कफ सिरप, नशालु ट्याबलेट सहित 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार हिजो बेलुकी पुन्डीबारी थानाको बानेश्वर इलाकामा अभियान चलाएर अवैध कफ सिरप, नशालु ट्याबलेट सहित 2 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। एउटा स्कुटीमा सवार भएर उक्त दुई व्यक्ति कुचबिहारबाट अलिपुरद्वारतर्फ गइरहेको थियो। पक्रा परेका दुई व्यक्तिलाई आज अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *