अवैध गाई-गोरूसहित दुई पक्राउ

खोरीबारी : भारत-नेपाल सीमास्थित एसएसबी 41औँ बटालियनको रामधनजोत क्याम्पका जवानहरूले पेट्रोलिङ अवधि अवैध रूपमा नेपालबाट ल्याइरहेको गाई-गोरू जफत गरेको छ। यस घटनामा दुईजना व्यक्तिलाई पनि पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार एसएसबीका जवानहरूले पेट्रोलिङ अवधि 22 वटा गाई-गोरू अवैध रूपमा नेपालबाट ल्याइरहेको समय जफत गरेको बताइएको छ। एसएसबीका जवानहरूले जफत गरेको गाई-गोरूलगायत दुईजना व्यक्तिलाई खोरीबारी पुलिसलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *