अवैध गाई-गोरूसहित 2 पक्राउ

सिलगढी : फुलबारी सीमान्तमा बीएसएफ-का जवानहरूले 14 वटा गाई-गोरूसहित दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू असमको गौरीपुर निवासी मिजानुर शेख र खइरूल हकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार शुक्रबार अबेर राति फुलबारी सीमान्तबाट अवैध गाई-गोरू लगिरहेको समय 14 वटा अवैध गाई-गोरूसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। यसको साथै एउटा ट्रक पनि नियन्त्रणमा लिएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *