अवैध गाई-गोरूसहित पक्रा पर्नेहरू अदालतमा पेश

सिलगढी : लाइफ स्टक परमिट भएको वाहनको बद्ली अन्य मालवाहक ट्रकमा गाई-गोरू लगेको आरोपमा बीएसएफले पक्राउ गरेको चारजना व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू बिहार अनि करणदिघी निवासी क्रमैले मोहम्मद जनाब, मोहम्मद इस्माइल, मोहम्मद शाहबुद्दिन र मोहम्मद असपर सामेल छन्। प्राप्त जानकारीअनुसार यी चारजना व्यक्तिले गैर कानुनी रूपमा मालवाहक ट्रकमा गाई-गोरू लादेर लगिरहेको समय मंगलबार अबेर राति सिलगढी नजिक फुलबारी इलाकामा बीएसएफका जवानहरूले 45 वटा गाई-गोरूसहित चारजना आरोपीलाई पक्राउ गरेर एनजेपी पुलिसलाई सुम्पिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *