अवैध गाई-गोरूसहित पाँचजना पक्राउ  

सिलगढी :  एनजेपी थाना पुलिसले अवैध गाई-गोरूसहित पाँचजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले रोहित अहमद, एमडी अजगर, हाफीजुल शेख, शहीदुल रहमान र काबिल शेख सामेल छन्। प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले गत राति गोप्य सूचनाको आधारमा फुलबारी इलाकामा अभियान चलाएर 44 वटा अवैध गाई-गोरूसहित 5 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। उक्त अवैध गाई-गोरू बिहारदेखि असम लगिरहेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *