अवैध होर्डिङ र पार्किङविरुद्ध सिलगढी नगरनिगमको अभियान

सिलगढी (निसं): सिलगढी नगरनिगमले अवैध होर्डिङ र पार्किङविरुद्ध अभियान शुरू गरेको छ। सिलगढी नगरनिगमका एमआईसी मुन्ना प्रसाद साहको नेतृत्वमा आज भक्ति नगर थानादेखि पायल सिनेमा हलसम्म पीडब्ल्युडी-को जमिनमा लगाइएको अवैध होर्डिङ र पार्किङ हटाइदिएको छ। स्मरण रहोस्, पीडब्ल्युडीले जमिन दखलबारे नगरनिगममा अभियोग गरेपछि नगरनिगम र पीडब्ल्युडीले अवैध होर्डिङ र पार्किङको एउटा तालिका तयार गर्यो। जसमा भक्ति नगर थानादेखि लिएर पायल सिनेमा हलसम्म सबैभन्दा अधिक पीडब्ल्युडीको जमिन दखल गरेर त्यहाँ अवैध होर्डिङ र पार्किङ तयार गरिएको भेट्टाइयो। यसपछि नगरनिगमले ती सबै अवैध होर्डिङ र पार्किङ हटाउने विषयमा एउटा नोटिस जारी गर्यो। यसै अन्तर्गत सिलगढी नगरनिगमले आज भक्ति नगर थाना नजिक पायल सिनेमा हलसम्म पीडब्ल्युडीको जमिनमा लगाइएको अवैध होर्डिङ र पार्किङलाई हटाउने अभियान शुरू गरेको बताइएको छ। यस सम्बन्धमा सिलगढी नगरनिगमका एमएमआईसी मुन्ना प्रसाद साहले भने, पीडब्ल्युडीको जमिनबाट अवैध होर्डिङ र पार्किङ हटाउनको लागि अभियान शुरू गरिएको छ। यस प्रकारको अवैध होर्डिङ र पार्किङबाट नगरनिगमलाई ट्याक्समा नोक्सान भइरहेको थियो। नगरनिगमको उक्त अभियान लगातार जारी रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *