अवैध काठको लट्ठासहित ट्रक पक्राउ

बानरहाट: डुवर्सको वन क्षेत्रमा हाल काठ तस्करीहरुको निक्कै रगरगी बढ़्न थालेको छ। यसैले गर्दा काठ तस्करी रोक्न वन विभाग अनि पुलिस प्रशासन पनि उत्तिकै सक्रिय भएर कार्य यसको रोक थाममा लागी परेको देखिन्छ। यसै अन्तर्गत आज बानारहाट थाना पुलिसले तेलीपाडाबाट सालको काठ लादिएको एउटा ट्रक पक्रिएको छ। पुलिस सुत्रले दिएको जानकारी अनुसार आज बिहानै गोप्य खबर पाएर गश्ती लगाइरहेको समय उक्त ट्रकसँगै सालको लट्ठा पक्रिएको छ। तथापि ट्रकको चालक घटनास्थलबाट भागेको बताइएको छ। पुलिसले पक्राउ गरेको उक्त ट्रकसँगै लट्ठा वन विभागलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *