अवैध खनन विरुद्ध भक्ति नगर थानाको अभियान, 6 वटा वाहन सहित 2 जना पक्राउ

सिलगढी भक्ति नगर थाना पुलिसले अवैध खननविरुद्ध अभियान चलाएर 6 वटा वाहन जफत गर्नको साथै 2 जना चालकलाई पनि पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। उल्लेखनीय छ, नदीहरूबाट अवैध खनन गरिरहेकोले गर्दा नदीहरूले आफ्नो अस्तित्व हराउँदै गइरहेको छ। यसको साथै गैर कानुनी रूपमा चलिरहेको अवैध खननले गर्दा राज्य सरकारले रोयल्टीमा पनि धेरै नोक्सान उठाइरहेको छ। केही दिन अघि अवैध खनन अवधि बालासन नदीमा बालुवाले पुरिएर 3 जना किशोरको मृत्यु समेत भएको थियो। यसपछि प्रशासनले नदीहरूबाट अवैध खननमा रोक लगाउने उद्देश्य लिएर कठोर नजरदारी गरिरहेको छ। नदीहरूबाट अवैध खनन गर्नेहरूविरुद्ध कानुनी कार्वाही गरिरहेको छ। यसै क्रममा 42 नम्बर वार्ड अन्तर्गत महानन्दा नदीबाट एकपल्ट फेरि अवैध खनन मामिलामा अघि आएको छ। भक्ति नगर थाना पुलिसले आज बिहान अभियान चलाएर 6 वटा वाहन जफत गरेको छ। जसमा 4 वटा ट्रक र 2 वटा ट्र्याक्टर सामेल छ। उक्त घटनामा 2 जना चालकलाई पनि पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *