अवैध कोइलाको धन्दा गर्ने 2 जना वाहनसहित पक्राउ

सिलगढी : अवैध रूपमा कोइला बिक्री गर्न लगेको आरोपमा एनजेपी थाना पुलिसले दुईजनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू बिहार र उत्तरप्रदेश निवासी अब्दुल खालेक र महसिन अलीको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार गत केही दिन अघि एनजेपी थाना पुलिसले सादा पोसाकमा अभियान चलाएर केही टन अवैध कोइला जफत गरेको थियो।


पुलिसको अभियानपछि पनि अवैध कोइलाको धन्दा नरोकिएको साथै पुलिसबाट ओझल भएर लगातार अवैध कोइलाको धन्दा चलिरहेको बताइएको छ। गोप्य सूचनाको आधारमा पुलिसले फुलबारीमा अभियान चलाएर कोइला बोकेको 2 वटा वाहन जफत गर्नको साथै दुईजना व्यक्तिलाई पनि पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *